के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 13 2083


मौसम
शनिबार अपराह्नपछि अर्नबको प्रभाव घट्ने, आज र भोलि बाढी जोखिममा सतर्कता

राष्ट्रिय
भूमिगत लाइन विस्तार: काठमाडौँका विभिन्न ठाउँमा ८ दिन बिजुली कटौती

राष्ट्रिय
दक्षिणपूर्वी एसियाका अनलाइन ठगी केन्द्रबाट ८६० नेपालीको उद्धार

राष्ट्रिय
आठ हजार मिटरमाथिका थप ६ हिमाललाई मान्यता दिन नेपालको प्रस्ताव

राष्ट्रिय
विपद्मा एउटै कमाण्ड चाहिन्छ, अनियन्त्रित ड्रोनले जोखिम: सेना

राष्ट्रिय
नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न, प्रविधिमैत्री सुरक्षामा सहमति

राष्ट्रिय
निर्देशन नमानेको भन्दै गृह मन्त्रालयले एन–प्याब्सन निलम्बन गर्यो

राष्ट्रिय
कोशी ब्यारेजको विकल्पमा तीन किलोमिटर लामो नयाँ पुल बनाउने तयारी

राष्ट्रिय
हिमाली जलवायु सङ्कटमा नेपालका ४ प्रस्तावलाई ५३ देशको समर्थन

राष्ट्रिय
फोहोर पानी सिधै नदीमा नछोड्न उद्योगहरूलाई विभागको निर्देशन

राष्ट्रिय
साँगा–धुलिखेल सडक विस्तारको काममा तीव्रता

राजनीति
जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय गर्न सुनुवाइ समितिको बैठक सोमबार

राजनीति
नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न कांग्रेस निर्वाचन आयोग जाँदै

राजनीति
देउवा समूहको महाधिवेशन खुलामञ्चमा, सिन्धुपाल्चोक अधिवेशन १६ गते

अर्थ
एलडीसी स्तरोन्नतिको तयारीका लागि नेपाललाई थप तीन वर्ष

अर्थ
राष्ट्र बैंकको प्रादेशिक अध्ययन: वृद्धिदर, निक्षेप र कृषि कर्जामा ठूलो असमानता

अर्थ
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका २५ संस्थापकको सेयर पुँजी घटाइयो

अर्थ
चाडपर्वको मागसँगै अण्डाको होलसेल मूल्य बढ्यो, खुद्रा मूल्य यथावत

अर्थ
पूर्वका दुग्ध किसानको बक्यौता घटेर करिब ३ करोडमा

अन्तर्राष्ट्रिय
बाइनान्समा इतिहासकै ठूलो क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आशङ्का

अन्तर्राष्ट्रिय
इजरायल: अन्तिम परिणाममा नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा

अन्तर्राष्ट्रिय
भुटानमा निगरानीमा रहेको हिमताल फुट्यो, सडक र संरचनामा क्षति

अन्तर्राष्ट्रिय
इसिबी प्रमुख लेगार्डले कार्यकाल सकिनुअघि नै पद छाड्ने

समाज
हेलिकप्टर असफल, र्याफ्टिङ टोलीले २० दिनपछि बचायो बाढीमा फसेको कुकुर

समाज
नेपालको पहिलो १०९ वर्ष पुरानो दमकल सर्वसाधारणका लागि प्रदर्शनीमा

समाज
पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा रसुवाको जुरेढुङ्गा

खेलकुद
एनपीएल: पहिलो ६ खेलमा नेपालीलाई प्लेयर अफ द म्याच, सोमपालको पुरस्कार सडकका जनावरलाई

खेलकुद