१३ कात्तिक २०८३ English
English

नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न, प्रविधिमैत्री सुरक्षामा सहमति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न, प्रविधिमैत्री सुरक्षामा सहमति

YouTube मा सब्स्क्राइब

नेपाल र भारतले सीमा सुरक्षामा आधुनिक प्रविधिको प्रयोग बढाउने र सीमापार अपराध नियन्त्रणमा सहकार्य कसिलो बनाउने सहमति गरेका छन्। काठमाडौँमा सम्पन्न दुई देशबीचको १०औँ समन्वय बैठकको नेतृत्व नेपालतर्फ सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल र भारततर्फ सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलले गर्नुभएको छ। नेपालका तर्फबाट परराष्ट्र र गृह मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि पनि बैठकमा सहभागी थिए।

भारततर्फबाट काठमाडौँस्थित भारतीय दूतावास तथा विदेश र गृह मन्त्रालयका प्रतिनिधि उपस्थित थिए। बैठकले नवौँ बैठकका निर्णय कार्यान्वयनको समीक्षा गरेको छ। दशगजामा अतिक्रमण, अनधिकृत खेती र अवैध संरचना हटाउने संयुक्त प्रयास जारी राख्ने निर्णय भएको छ।

सीमा स्तम्भको मर्मत, सम्भार र पुनर्निर्माणमा पनि सहकार्य गर्ने सहमति भएको छ। तस्करी, मानव बेचबिखन र अनधिकृत आवतजावत रोक्न सूचना आदानप्रदान र संयुक्त गस्ती बढाउने सहमति भएको छ। सीसीटीभी, स्क्यानर र ड्रोन प्रयोग गरी सीमाको आधुनिक निगरानी विस्तार गर्ने निर्णय पनि भएको छ।

प्राकृतिक विपद् व्यवस्थापनका लागि दुवै पक्षले संयुक्त अभ्यास गर्ने प्रस्तावमा सहमति जनाएका छन्।

स्रोत

सम्बन्धित समाचार