साँगा–धुलिखेल सडक विस्तारको काममा तीव्रता

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल खण्डको सडक विस्तारलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको म्यादभित्र पूरै काम नसकिने देखिएपछि मुख्य काम सक्ने गरी निर्माण तीव्र पारिएको सूर्यविनायक–धुलिखेल आयोजनाले जनाएको छ। पछिल्ला केही दिनदेखि बनेपा बजारमा ढल व्यवस्थापन र पुरानो कालोपत्र हटाएर नयाँ कालोपत्र गर्ने काम सुरु भएको छ।
भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको करिब १६ किलोमिटर सडकलाई छ लेन बनाउन दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको थियो। आठ किलोमिटरको साँगा–धुलिखेल खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले करिब ४ अर्ब ६ करोड रुपैयाँमा लिएको थियो। २०७९ मङ्सिर २७ गते सम्झौता भएको यो काम २०८२ मङ्सिर २५ गतेभित्र सक्नुपर्ने थियो।
तोकिएको अवधिमा ६० प्रतिशत मात्र काम भएपछि ठेकेदारलाई थप एक वर्ष म्याद दिइएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


