जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय गर्न सुनुवाइ समितिको बैठक सोमबार

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न संसदीय सुनुवाइ समितिले बैठक बोलाएको छ। समितिको सचिवालयका अनुसार बैठक कात्तिक १६ गते सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ। समितिले असोज २८ गते सुनुवाइ गर्दा १२ जना प्रस्तावित राजदूतको विषयमा निर्णय गरे पनि थापाको नाम होल्डमा राखेको थियो।
सुनुवाइमा उठेका प्रश्नको चित्तबुझ्दो जवाफ र आवश्यक विवरण नआएको भन्दै समितिले त्यसदिन निर्णय नगरेको हो। थापाले जापानको पीआर त्याग गरेको विषय, परिवारका सदस्यको पीआर, जापानमा घर र सम्पत्ति रहेको विषयमा प्रश्न उठेका थिए। जापानी सरकारी निकायबाट तलब लिएको र त्यहाँको स्थानीय तहको सल्लाहकार रहेको विषयमा पनि प्रश्न उठेका थिए।
यस सम्बन्धमा समितिमा उजुरीसमेत परेको थियो। थापाको विषयमा समितिले परराष्ट्र मन्त्रालयमार्फत विवरण माग गरेको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


