१३ कात्तिक २०८३ English
English

देउवा पक्षको ९० क्षेत्रीय अधिवेशन सकियो, जिल्ला अधिवेशन कात्तिक १५ मा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
देउवा पक्षको ९० क्षेत्रीय अधिवेशन सकियो, जिल्ला अधिवेशन कात्तिक १५ मा

YouTube मा सब्स्क्राइब

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले करिब ९० प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ। उक्त पक्षका नेता किरणराज शर्मा पौड्यालका अनुसार एउटा मात्र निर्वाचन क्षेत्र भएका ९ जिल्लामा जिल्ला अधिवेशन सकिएर नयाँ नेतृत्व आइसकेको छ। बाँकी जिल्लाको अधिवेशन कात्तिक १५ गते तोकिएको छ र त्यस दिनसम्म लगभग सबै जिल्लाको काम सकिने उहाँले बताउनुभएको छ।

सातै प्रदेशको अधिवेशन मंसिर ४ गते हुने र १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने तालिका रहेको पौड्यालले जानकारी दिनुभएको छ। यसअघि वडा अधिवेशन असोज १५, पालिका अधिवेशन असोज २० र क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने प्रस्ताव गरिएको थियो। दैलेखमा बिहीबार भएको जिल्ला अधिवेशनले दिनेश हमाललाई सर्वसम्मत रूपमा जिल्ला सभापति चुनेको नेता विनोदकुमार शाहीले जानकारी दिनुभएको छ।

दैलेखको क्षेत्र नम्बर १ मा विनोदकुमार मल्ल र क्षेत्र नम्बर २ मा नैनबहादुर शाही क्षेत्रीय सभापति चुनिएका छन्। हमाल यसअघि महाधिवेशन तयारी समितिले दैलेखमा तोकेको सहसंयोजक हुनुहुन्थ्यो। देउवा पक्षले हालसम्म ११ जिल्लामा नेतृत्व चयन गरिसकेको छ।

स्रोत

सम्बन्धित समाचार