१३ कात्तिक २०८३ English
English

तिहार लक्षित महोत्सव: मातातीर्थमा सांस्कृतिक–व्यापार मेला, जावलाखेलमा गोदावरी फूल प्रदर्शनी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
तिहार लक्षित महोत्सव: मातातीर्थमा सांस्कृतिक–व्यापार मेला, जावलाखेलमा गोदावरी फूल प्रदर्शनी

YouTube मा सब्स्क्राइब

तिहारको मुखमा काठमाडौँ उपत्यकामा एउटा फूल प्रदर्शनी सुरु भएको छ भने अर्को सांस्कृतिक महोत्सव हुने भएको छ। चन्द्रागिरि नगरपालिका–६ बालागाउँस्थित मातातीर्थ कुण्डचौरमा कात्तिक १३ देखि ३० गतेसम्म तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव हुने भएको छ। महोत्सवको मुख्य आयोजक मातातीर्थ संरक्षण तथा विकास संस्था हो।

संस्थाका अध्यक्ष शान्त उदासका अनुसार महोत्सवमा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, फेसन र नृत्य कार्यक्रम हुनेछन्। औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, कृषि औजार, सवारी साधन, विद्युतीय सामग्री, मोबाइल र इलेक्ट्रोनिक्सका प्रदर्शनी पनि राखिनेछन्। स्थानीय कला, संस्कृति, व्यापार र पर्यटनसँग जोडिएका सामग्रीसँगै बाल उद्यान र मनोरञ्जनात्मक खेल पनि महोत्सवका आकर्षण हुने अध्यक्ष उदासले बताउनुभएको छ।

यता, ललितपुरको जावलाखेल खेलकुद मैदानमा बिहीबारदेखि १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गरेको प्रदर्शनीको उद्घाटन बागमती प्रदेशकी कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरले गर्नुभएको छ। प्रदर्शनीको नारा 'रोपौँ फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि' रहेको छ।

नर्सरी र पुष्प व्यवसायीले उत्पादन गरेका फूल, कट फ्लावर र पुष्प सजावटका सामग्री त्यहाँ प्रदर्शनमा छन्। उद्घाटन समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र पूर्वमन्त्री मधुसूदन पौडेल पनि सहभागी हुनुहुन्थ्यो।

स्रोत

सम्बन्धित समाचार