१३ कात्तिक २०८३ English
English

थोराङ फेदीको हिमनदी पानीले कार्बन सोस्ने नयाँ प्रमाण

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
थोराङ फेदीको हिमनदी पानीले कार्बन सोस्ने नयाँ प्रमाण

YouTube मा सब्स्क्राइब

हिमनदीबाट बग्ने धेरै खोलाले हावामा कार्बन डाइअक्साइड छाड्नुको साटो उल्टै हावाबाट त्यो ग्यास तानिरहेको हुन सक्ने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। वैज्ञानिक जर्नल 'नेचर वाटर' मा बुधबार प्रकाशित यो अध्ययनले विश्वका १७० हिमनदीजन्य खोला समेटेको छ। अध्ययनमा नेपालको थोराङ फेदीको खोला पनि परेको छ।

खोलाको पानीले सोसेको कार्बन त्यहीँ बग्ने ढुंगाका मसिना कणमा जम्मा भएर रहन सक्ने संकेत पनि अनुसन्धानकर्ताले पाएका छन्। कोइला, पेट्रोलियम र प्राकृतिक ग्यास बाल्दा निस्कने यो ग्यास बढ्दा पृथ्वी तातिरहेको छ। तापक्रम बढ्दै जाँदा नेपालका हिमनदी खुम्चिँदै गएका छन् र हिमतालको जोखिम पनि बढेको छ।

संसारभरका देशले वायुमण्डलमा यो ग्यास घटाउने प्रयास गरिरहेका बेला यो अध्ययन सार्वजनिक भएको हो।

स्रोत

सम्बन्धित समाचार