गुल्मीमा ग्रामीण पर्यटनको आधार बन्दै होमस्टे

गुल्मीका ग्रामीण बस्तीमा चलेका होमस्टे पछिल्लो समय पर्यटकको रोजाइ बन्न थालेका छन्। गाउँकै उत्पादनबाट पकाइएको खाना र पाहुना सत्कारलाई जोडेर जिल्लाका विभिन्न पालिकामा घरबास चलाइएका छन्। रैथाने दालको बटुक, कोदोको सेलरोटी, सिस्नु, रैथाने जातका मासुका परिकार, भुटेको मकै, टिमुरको छोप, बाँकोको गुन्द्रुक, मोही र अर्गानिक तरकारी पाहुनालाई पस्किने मुख्य परिकार बनेका छन्।
स्थानीय स्वादसँगै गाउँको मौलिक जीवनशैली नजिकबाट देख्न पाइने भएकाले पाहुनाको आवतजावत बढेको हो। जिल्लामा नियमित चलिरहेका होमस्टेमध्ये सत्यवती गाउँपालिका–८ भार्सेको रानीवन सामुदायिक होमस्टे एक हो। त्यहाँ स्थानीय परिकार र सांस्कृतिक मनोरञ्जनले पर्यटक तानिरहेको छ।
कालिगण्डकी गाउँपालिका–७ भुर्तुङको धुवाँखोला होमस्टे र रेसुङ्गा नगरपालिका–१३ भँगारीको रेसुङ्गा होमस्टे पनि नियमित चलिरहेका छन्। यी दुई होमस्टेमा रैथाने खानासँगै परम्परागत सांस्कृतिक प्रस्तुति पाहुनाको मुख्य आकर्षण बनेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

