नेपाली सिनेमा: हलमा दयाहाङका दुई सिनेमा, ‘चिरञ्जीवी भवः’ को डबिङ सुरु

अभिनेता दयाहाङ राई अभिनीत पछिल्ला दुई सिनेमा 'पेन्सन पट्टा' र 'कबड्डी ५: आफ्टर द फाइनल म्याच' व्यावसायिक रूपमा सफल भएका छन्। यी दुई सिनेमाले बक्सअफिसमा उनको लामो असफलताको शृंखला तोडेका छन्। यसअघि 'महाभोज', 'रिमै', 'वरिष्ठ बलराम', 'मैझारो', 'जारी २', 'मिरमिरे' र 'मितज्यू' जस्ता उनका सिनेमाले अपेक्षाअनुसार कमाइ गर्न सकेका थिएनन्।
माओत्से गुरुङ निर्देशित 'पेन्सन पट्टा' भदौ २६ गतेदेखि प्रदर्शनमा आएको थियो। यसले घरेलु बक्सअफिसमा करिब १० करोड २३ लाख रुपैयाँ कुल कमाइ गरिसकेको छ। यता 'परान' का निर्देशक दीपकप्रसाद आचार्य 'काकु' को नयाँ फिल्म 'चिरञ्जीवी भवः' को डबिङ बिहीबारदेखि सुरु भएको छ।
अभिनेता हरिवंश आचार्यले आफ्नो संवाद रेकर्ड गराएर डबिङको थालनी गर्नुभएको छ। फिल्म निर्माणमा गुणस्तरसँग कुनै सम्झौता नगरिएको र पोस्ट प्रोडक्सन पनि उत्तिकै मिहिनेतसाथ गरिने निर्देशक आचार्यले बताउनुभएको छ। जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा यो फिल्म बनेको हो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


