१२ कात्तिक २०८३ English
English

करिब ४ हजार मिटर उचाइको अपी हिमाल बेसक्याम्पमा क्रिकेट र जलवायु संवाद

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
करिब ४ हजार मिटर उचाइको अपी हिमाल बेसक्याम्पमा क्रिकेट र जलवायु संवाद

YouTube मा सब्स्क्राइब

दार्चुलाको अपी हिमाल आधार शिविरमा समुद्री सतहबाट करिब ४ हजार मिटर उचाइमा मैत्रीपूर्ण क्रिकेट खेल आयोजना हुने भएको छ। अपिहिमाल गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म आयोजना गर्ने अपी हिमाल पर्यटन उत्सव, २०८३ अन्तर्गत कात्तिक १८ गते धनगढी–११ र अपी–११ बीच खेल हुनेछ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र संघीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ।

हिमाली पर्यटनलाई खेलकुदसँग जोड्न उच्च हिमाली क्षेत्रको प्राकृतिक मैदानमा यो खेल गराउन लागिएको हो। उत्सवमा जलवायु परिवर्तनमा केन्द्रित विशेष संवाद पनि हुनेछ। नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनअघि नेपालको उच्च हिमाली क्षेत्रमा परेको असरबारे विश्वको ध्यान खिच्न संवाद गर्न लागिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार