एनपीएल: आज जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्नेछन्।
दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्। आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित जनकपुर यो खेलमा जित निकाल्ने लक्ष्यमा छ भने काठमाडौं यस सिजनको सुखद सुरुवात गर्न चाहन्छ। कर्णाली दोस्रो जितको खोजीमा छ भने विराटनगरका लागि पुनरागमनको चुनौती छ।
यसैबीच जनकपुर बोल्ट्सले दुई पाकिस्तानी खेलाडीको स्थानमा बंगलादेशका ब्याटर सैफ हसन र परभेज हुसेन इमोनलाई अनुबन्ध गरेको छ।
आज हुने दुवै खेललाई मौसमले प्रभावित पार्न सक्ने सम्भावना देखिएको छ। विशेषगरी साँझको खेल प्रभावित हुन सक्ने बताइएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


