१२ कात्तिक २०८३ English
English

सौराहामा पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, करिब ८०० खेलाडी अपेक्षित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सौराहामा पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, करिब ८०० खेलाडी अपेक्षित

YouTube मा सब्स्क्राइब

चितवनको सौराहामा कात्तिक १३ गते शुक्रबारदेखि पहिलो अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु हुने भएको छ। चितवन तेक्वान्दो डोजाङले १५ गतेसम्म चल्ने ‘प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप–२०२६’ आयोजना गरेको हो। आयोजकका अनुसार नेपालका सातै प्रदेशसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायत देशका करिब ८०० खेलाडी सहभागी हुने अपेक्षा छ।

खेलाडीले पुम्से र ग्योरोगी विधामा उमेर तथा तौल समूहअनुसार प्रतिस्पर्धा गर्नेछन्। स्वदेशी र विदेशी खेलाडीलाई एउटै मञ्चमा उतार्ने, उनीहरूको क्षमता बढाउने, अनुभव साटासाट गराउने र अन्तर्राष्ट्रिय मित्रता फैलाउने उद्देश्य राखिएको छ। टिमतर्फ पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार