एनपीएल: दीपेन्द्रको अविजित अर्धशतकमा सुदूरपश्चिमले पोखरालाई ६ विकेटले हरायो

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा बुधबार सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा सुदूरपश्चिमले पहिलो ओभरमै विनोद भण्डारीको विकेट गुमाएको थियो। पावरप्लेमा टोलीले २ विकेट गुमाएर ५१ रन जोडेको थियो। ब्रान्डन म्याकमलेनले १२ बलमा २२ र सैफ जैबले १६ बलमा १५ रन बनाए।
कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित अर्धशतक प्रहार गरे। उनी र इशान पाण्डेबीचको साझेदारीले टोलीलाई जितको नजिक पुर्याएको थियो। १५ ओभरको समाप्तिमा सुदूरपश्चिमले ३ विकेट गुमाएर १२८ रन बनाएको थियो। पाण्डे ३१ बलमा ३७ रन बनाएर आउट भए।
जितसँगै सुदूरपश्चिमले दुई अंक जोडेको छ। पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको सुदूरपश्चिमले यो खेलमा पुनरागमन गरेको हो। पोखरा भने आफ्नो पहिलो खेलमै पराजित भएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

