एनपीएल: पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई दियो १४६ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनायो। अन्तिम ओभरमा अर्जुन घर्तीमगरले २ चौका र १ छक्का प्रहार गरेका थिए।
पोखराका कप्तान कुशल भुर्तेललाई दीपेन्द्र सिंह ऐरीले आउट गरे। सुदूरपश्चिमका अनिल खरेलले प्रभावशाली बलिङ गर्दै शकिब अल हसन र सदिरा समरविक्रमालाई आउट गरे। धनञ्जय लक्सन रन आउट भए भने किरण ठगुन्ना १ रनमा आउट भए।
लक्ष्य पछ्याउन उत्रिएको सुदूरपश्चिमले विनोद भण्डारीको विकेट चाँडै गुमायो। भण्डारी २ बलमा ४ रन बनाएर आउट भए।
खेल हेर्न मैदानमा दर्शकको ठूलो भीड छ। त्यसमा पनि सुदूरपश्चिमका समर्थक धेरै छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

