११ कात्तिक २०८३ English
English

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाएको आरोपमा मोरङमा १० विदेशीको राहदानी जफत

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

पर्यटक भिसामा नेपाल आएर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर चलाएको आरोपमा मोरङमा १० जना विदेशी नागरिकको राहदानी जफत गरिएको छ।

उनीहरू मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा थिए। जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार उनीहरूको राहदानी जफत गरी थप कारबाहीका लागि अध्यागमन विभागमा पठाएको छ।

उनीहरूले क्रिश्चियन मिसनका लागि स्वास्थ्य शिविर चलाएको आरोप छ। उनीहरू पक्राउ परेको समाचार पनि आएको छ।

पर्यटक भिसामा आएर अरू काम गर्नु भिसाको सर्तविपरीत भएको भन्दै कारबाही गरिएको हो। ती विदेशी कुन देशका हुन् भन्ने विवरण अहिलेसम्म आएको छैन।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार