११ कात्तिक २०८३ English
English

मलेसिया रोजगारी प्रकरण: म्यानपावर व्यवसायी रविन गुरुङलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मलेसिया रोजगारी प्रकरण: म्यानपावर व्यवसायी रविन गुरुङलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
तस्बिर: नेपाल प्रेस

सर्वोच्च अदालतले म्यानपावर व्यवसायी रविन गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको छ। सरकारले मलेसिया रोजगारीमा सिन्डिकेट गरेको आरोपमा गुरुङलाई पक्राउ गरेको थियो।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले बुधबार बन्दी प्रत्यक्षीकरण रिटको सुनवाइ गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो।

गुरुङ ट्रष्ट नेपाल ओभरसिजका सञ्चालक हुन्। उनलाई थुनामा राखिएकोविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएको थियो।

सर्वोच्च अदालतको उक्त आदेशसँगै मलेसिया रोजगारीमा सिन्डिकेट गरेको आरोपमा पक्राउ परेका गुरुङ थुनाबाट मुक्त हुने भएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार