जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा

जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीकी संसदीय राज्यसचिव डा. बार्बेल कोफ्लर ४ दिने भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ। काठमाडौँस्थित जर्मन दूतावासका अनुसार भ्रमणमा उहाँले जर्मनी–नेपाल सहकार्यको विस्तृत जानकारी लिनुहुनेछ।
उहाँको ध्यान महिला अधिकार, स्वास्थ्य र भोटेकोशी बाढीको असरमा केन्द्रित हुनेछ। उहाँ नेपाल सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय तथा स्थानीय साझेदारका प्रतिनिधिसँग भेट्नुहुनेछ। ती भेटमा दुई देशबीचको विकास सहकार्य बलियो बनाउनेबारे छलफल हुनेछ।
जर्मन सङ्घीय सरकारले भोटेकोशी बाढी प्रतिकार्यका लागि झन्डै १ करोड ११ लाख युरो सहयोग दिएको दूतावासले जनाएको छ। यो रकम तत्काल मानवीय सहायता र प्रभावित क्षेत्रका स्वास्थ्य तथा ऊर्जा पूर्वाधारको आपूर्ति र पुनर्निर्माणमा खर्च हुनेछ। बाढीको असर र प्रभावित क्षेत्रको मानवीय अवस्था बुझ्न उहाँ नुवाकोट पनि जानुहुनेछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


