चार महिनापछि एन्फा मुख्यालयको ताला खुल्यो, कात्तिक १३ मा कार्यसमिति बैठक

अखिल नेपाल फुटबल संघ, एन्फाको ललितपुर सातदोबाटोस्थित केन्द्रीय कार्यालयको ताला करिब चार महिनापछि बुधबार खोलिएको छ। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा कार्यसमितिका बहुमत सदस्यले कार्यालय खोलेका हुन्। त्यसपछि बसेको छलफलमा विराटजंग शाही, दीपक खतिवडा, कुमार केसी, रुपेश अधिकारी, टीका लामा, भरत बुढा थापालगायत सहभागी थिए।
यसअघि खड्कासहित कार्यसमितिका ११ सदस्यले अध्यक्ष पंकजविक्रम नेम्बाङलाई लिखित पत्र दिएर बैठक बोलाउन माग गरेका थिए। एन्फा विधानको धारा ३१ को उपधारा २ अनुसार एक तिहाइ वा बढी सदस्यले लिखित माग गरे बैठक बोलाउनैपर्ने व्यवस्था छ। २१ दिनसम्म बैठक नबोलाइएपछि २२औँ दिनमा सदस्यहरू आफैँ अघि सरेको खड्काले बताउनुभएको छ।
उहाँले कात्तिक १३ गते शुक्रबार कार्यसमिति बैठक बोलाउनुभएको छ। बैठकमा फिफाले लगाएको प्रतिबन्ध, सरकारसँगको सहकार्य र तहगत निर्वाचनमा देखिएका अवरोधबारे छलफल हुने जनाइएको छ। ठप्प रहेको नेपाली फुटबललाई फेरि चलायमान बनाउन बैठक बोलाइएको खड्काको भनाइ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

