११ कात्तिक २०८३ English
English

यू–१९ एसिया कपको तयारी: पोखरामा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
यू–१९ एसिया कपको तयारी: पोखरामा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु

YouTube मा सब्स्क्राइब

एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटको तयारीका लागि नेपाली यू–१९ पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सुरु भएको छ। नेपाल क्रिकेट सङ्घ, क्यानले पहिलो चरणमा २८ खेलाडी छानेर पोखरा रङ्गशालाको क्रिकेट मैदानमा प्रशिक्षण सुरु गरेको हो। प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार टोलीले पोखरामा ५ दिन प्रशिक्षण गर्नेछ र सो अवधिमा ४ वटा अभ्यास खेल पनि खेल्नेछ।

बन्द प्रशिक्षणमा देखिएको क्षमता र प्रदर्शनका आधारमा १४ सदस्यीय अन्तिम टोली छनोट गरिनेछ। एसियाली क्रिकेट परिषद्, एसीसीको यो प्रतियोगिता कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा हुँदैछ। काठमाडौँका मैदानमा निरन्तर प्रतियोगिता चल्ने भएकाले उमेर समूह र वरिष्ठ राष्ट्रिय टोलीले पनि पछिल्लो समय बन्द प्रशिक्षणका लागि पोखरा रोज्ने गरेका छन्।

स्रोत

सम्बन्धित समाचार