११ कात्तिक २०८३ English
English

प्रदूषण घट्दा काठमाडौँबाट छर्लङ्ग देखिए हिमशृङ्खला

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रदूषण घट्दा काठमाडौँबाट छर्लङ्ग देखिए हिमशृङ्खला

YouTube मा सब्स्क्राइब

दसैँ बिदामा प्रदूषण घटेर आकाश सफा हुँदा काठमाडौँ उपत्यकाबाट उत्तरतर्फका हिमशृङ्खला छर्लङ्ग देखिएका छन्। मङ्गलबार साँझ उपत्यकाका विभिन्न ठाउँ र वरिपरिका डाँडाबाट गणेश, लाङटाङ, मनास्लु र हिमालचुलीलगायत हिमालको मनमोहक दृश्य देखिएको थियो। काठमाडौँ आसपासबाट लाङटाङ र गणेशसँगै जुगल हिमशृङ्खलासमेत देख्न सकिन्छ।

दसैँका बेला उपत्यकाका सडकमा सवारी साधन निकै कम चलेकाले वायु प्रदूषण अति न्यून तहमा रहेको थियो। शरद ऋतु र जाडो याम सुरु हुने बेला वर्षा वा हावाले वायुमण्डलमा जम्मा भएको धुलो र प्रदूषण घटाउँछ, र त्यसपछि उपत्यकाबाट हिमाल स्पष्ट देखिने गर्छन्। तर हिमालको दृश्य मौसमको अवस्था र हेर्ने स्थानअनुसार फरक-फरक देखिन सक्छ।

उपत्यकाभित्रै बसेर हिमाल हेर्न चाहनेका लागि चोभार उपयुक्त गन्तव्य मानिन्छ। चोभारबाट काठमाडौँ उपत्यकाको फराकिलो दृश्यसँगै टाढासम्म फैलिएका डाँडाकाँडा र मौसम खुलेका बेला उत्तरका हिमाल एकै दृश्यमा देख्न सकिन्छ।

स्रोत

सम्बन्धित समाचार