मधेसका गाउँमा बाली ओसार्न अझै गोरुगाडाकै भर

मधेस प्रदेशका सप्तरीलगायत जिल्लाका भित्री गाउँमा खेतबारीबाट बाली घर पुर्याउन किसान अझै गोरुगाडामै निर्भर छन्। आधुनिक यातायात र कृषि प्रविधि विस्तार भए पनि धान, मकै र गहुँजस्ता मुख्य अन्न ओसार्न बैलगाडा नै भरपर्दो साधन बनेको छ। उखु, पराल, मल, रहरी, चना र तोरी ढुवानी गर्न तथा अन्न कुटानी–पिसानी मिलसम्म लैजान पनि यसैको प्रयोग हुन्छ।
सहर र सुगम क्षेत्रमा जोताइ र पराल दाइँमा ट्याक्टर बढे पनि ग्रामीण भेगमा गोरुको आवश्यकता घटेको छैन। महदेवा गाउँपालिका–५ भगपतपुरका दशरथ मण्डलले पुर्खादेखिको बैलगाडा परम्परा अहिले पनि कायम राख्नुभएको छ। उहाँका अनुसार दुई दशकअघिसम्म टोलका अधिकांश घरमा दुई गोरु र गाडा अनिवार्यजस्तै थिए, र यात्रा, भारी ढुवानी, जन्ती जान तथा बेहुली भित्र्याउन समेत यही चलाइन्थ्यो।
तराईका धेरैजसो गाउँमा हलो जोत्न, माटो सम्याउन र पराल दाइँ गर्न अझै गोरुकै प्रयोग हुने राजविराज नगरपालिका–१३ का किसुनदेव यादवले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

