एनपीएल–३: जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै कर्णाली याक्सको विजयी सुरुवात

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै विजयी सुरुवात गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ३ बल बाँकी छँदै ११३ रनमा अलआउट भयो।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो। जनकपुरको ट्यालेन्ट हन्टबाट छानिएका १६ वर्षीय राहुल यादवले एनपीएल डेब्यू खेलमै चार ओभरमा १५ रन दिएर दुई विकेट लिए।
लक्ष्य पछ्याउँदा जनकपुरले पावरप्लेमा २ विकेट गुमाएर ३५ रन बनाएको थियो। सोमपालले कर्णालीलाई पहिलो विकेट दिलाएका थिए। युनिस विक्रम ठकुरीको घातक बलिङ र हुसेन तलातको उत्कृष्ट प्रदर्शनले जनकपुर दबाबमा पर्यो। जनकपुरका अभिषेक तिवारीले १७ बलमा २०, कप्तान हर्मित सिंहले १३ बलमा १९, मोइन अलीले २२ बलमा १९ र जिम्मी निशमले १४ बलमा १५ रन बनाए।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले २५ हजार डलर मागेपछि अन्योल भए पनि कर्णालीले पाकिस्तानी अलराउन्डर तलातलाई खेलायो। उनले ब्याटिङमा ३ रन बनाए। महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी पनि खेल हेर्न मैदान पुगेकी थिइन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


