१० कात्तिक २०८३ English
English

एनपीएल–३: कमलसिंह ऐरीको घातक बलिङमा विराटनगरमाथि चितवन राइनोजको ८ रनको जित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएल–३: कमलसिंह ऐरीको घातक बलिङमा विराटनगरमाथि चितवन राइनोजको ८ रनको जित
तस्बिर: Onlinekhabar English

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा अलआउट भयो।

चार छक्का प्रहार गरेका आन्द्रे रसेल १५.५ ओभरमा आउट हुँदा विराटनगरले ५ विकेट गुमाएर १३२ रन बनाएको थियो। त्यसपछि टोलीले २३ बलमा १७ रन मात्र जोड्दा बाँकी पाँच विकेट गुमायो।

विराटनगरलाई जितका लागि १८ बलमा २१ रन आवश्यक थियो। तर, १८औँ ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएपछि विराटनगर दबाबमा पर्‍यो। ऐरीको बलिङ चितवनको जितमा निर्णायक बन्यो।

खेलपछि विराटनगरका कप्तान सन्दीप लामिछानेले खेल आफ्नो नियन्त्रणमा हुँदाहुँदै अन्तिम समयमा विकेट गुमाउनु र हतारमा गलत सट खेल्नु हारको मुख्य कारण रहेको बताए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १० कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 10 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार