एनएफएल घोषणामा एनएसएलको आपत्ति: अर्को लिगलाई अनुमति दिएका छैनौँ

नेपाल सुपर लिग अर्थात् एनएसएलले नेपाली फुटबलमा दोस्रो कुनै लिग चलाउन वा बनाउन आफूले स्वीकृति नदिएको जनाएको छ। लिगका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो उल्लेख छ। विज्ञप्तिमा देशभर मान्यता पाएको सहरमा आधारित एकमात्र फुटबल लिग चलाउने हक आफूसँग मात्र रहेको दाबी गरिएको छ।
एनएसएलका सात क्लबले नेपाल फुटबल लिग अर्थात् एनएफएल आयोजना गर्ने घोषणा गरेपछि यो प्रतिक्रिया आएको छ। एनएफएलको पहिलो संस्करण फागुन १ गतेदेखि सुरु हुने खबर सार्वजनिक भएको छ। ती क्लबले एनएसएलका आयोजकले प्रतियोगिता गर्न चासो नदेखाएकाले आफैं लिग चलाउन लागेको बताएका छन्।
एनएसएलले यसअघि सेप्टेम्बर ५ देखि लिग सुरु गर्ने घोषणा गरे पनि न लिग भएको छ, न स्थगनको सूचना आएको छ। एनएसएलले आफ्नो दीर्घकालीन योजना, अधिकार र जिम्मेवारीमा अडिग रहेको जनाएको छ। खेलाडी र समर्थकलाई केन्द्रमा राखेको आपसी सहयोग र सम्मानले मात्र नेपाली फुटबलको भविष्य उज्ज्वल हुने विज्ञप्तिमा उल्लेख छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


