१० कात्तिक २०८३ English
English

आईएसएफ फुटबल विश्वकप: लगातार दुई जितसहित नेपाल २९औँ स्थानमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आईएसएफ फुटबल विश्वकप: लगातार दुई जितसहित नेपाल २९औँ स्थानमा

YouTube मा सब्स्क्राइब

चीनको सुजोउमा भएको आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपालको यू-१८ छात्र टोली अन्तिम दुई खेल लगातार जित्दै २९औँ स्थानमा रहेको छ। अक्टोबर १७ देखि २६ सम्म चलेको प्रतियोगितामा ३८ राष्ट्रका टोली सहभागी थिए। अक्टोबर १९, २० र २१ मा भएका समूह चरणका खेलमा नेपाल टर्कीसँग १२-०, हङकङ चाइनासँग ६-३ र चिलीसँग ७-१ गोलले पराजित भएको छ।

वर्गीकरण चरणमा अक्टोबर २२ र २३ मा आयरल्यान्ड र क्युबेकसँग पनि नेपाल ८-० गोलअन्तरले हारेको छ। लगातार पाँच हारपछि अक्टोबर २४ मा नेपालले भारतको दोस्रो टोलीलाई ६-३ गोलले हराउँदै पहिलो जित निकालेको छ। उक्त खेलमा जर्सी नम्बर १० का स्ट्राइकर तेन्जिङ शेर्पाले एक्लै ४ गोल गरेका छन्।

अन्तिम खेलमा नेपालले हाइटीलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गरेको छ।

स्रोत

सम्बन्धित समाचार