१० कात्तिक २०८३ English
English

चक्रवात अर्नब: कात्तिक १२–१४ उच्च सतर्कता, ५ प्रदेशमा भारी वर्षा र हिमपातको जोखिम

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चक्रवात अर्नब: कात्तिक १२–१४ उच्च सतर्कता, ५ प्रदेशमा भारी वर्षा र हिमपातको जोखिम

YouTube मा सब्स्क्राइब

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बङ्गालको खाडीमा बनेको चक्रवात अर्नबका कारण कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनअनुसार चक्रवात पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै थप शक्तिशाली बन्दै गएको छ र भारतको आन्ध्र प्रदेशको तटमा पुग्ने अनुमान छ। प्राधिकरणले कात्तिक १२ गते बिहीबार रातिदेखि नेपालमा मौसम बिग्रन सक्ने जनाएको छ।

कात्तिक १३ र १४ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी असर पर्ने र धेरै ठाउँमा चट्याङ, हावाहुरीसहित मध्यम तथा केही ठाउँमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका केही भागमा मध्यम वर्षा र एक–दुई ठाउँमा भारी वर्षा हुन सक्ने अनुमान छ। हिमाल र उच्च पहाडमा ठूलो हिमपातसँगै हिमआँधी र हिमपहिरो जाने उच्च जोखिम औँल्याइएको छ।

विभागकी वरिष्ठ मौसमविद् एवं प्रवक्ता विभूति पोखरेलले यो प्रणाली असोजमा आएको मनसुनी प्रणालीभन्दा पनि ठूलो रहेको बताउनुभएको छ। तर अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ।

स्रोत

सम्बन्धित समाचार