१० कात्तिक २०८३ English
English

इरानको आणविक क्षमता नष्ट भएको ट्रम्पको दाबी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
इरानको आणविक क्षमता नष्ट भएको ट्रम्पको दाबी

YouTube मा सब्स्क्राइब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी हमलाबाट इरानको आणविक क्षमता अपेक्षाभन्दा धेरै ध्वस्त भएको दाबी गर्नुभएको छ। मिचिगनमा चुनावी सभाअघि फक्स २ टेलिभिजनसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो। इरानले आणविक हतियार बनाए त्यसको प्रयोग हुन सक्ने भएकाले पहिल्यै सैन्य कारबाही गर्नुपरेको ट्रम्पको तर्क छ।

सम्भावित आणविक द्वन्द्वबाट हुने मानवीय क्षति रोक्न आक्रमण गरिएको उहाँको भनाइ छ। हर्मुज जलघाँटी हुँदै हुने तेल ढुवानी युद्धअघिको तुलनामा बढेको पनि ट्रम्पले दाबी गर्नुभएको छ। उहाँले यसको श्रेय अमेरिकी नौसेनाको नाकाबन्दी र सैन्य क्षमतालाई दिनुभएको छ।

लडाइँले तेलको भाउ केही बढ्ने कुरा आफूलाई पहिल्यै थाहा थियो भनी उहाँले बताउनुभएको छ। यता इरानका विदेशमन्त्री अब्बास अराघचीले थप सैन्य कारबाहीले इरानको नीति नबदलिने बताउँदै त्यस्तो कारबाहीको औचित्य अस्वीकार गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार