नाका अवरोधबीच दसैँमा ३ हजारभन्दा बढी गाडी डेलिभरी

चीनसँगका नाकामा अवरोध रहँदा पनि अटो व्यवसायीहरूले यस दसैँमा ३ हजारभन्दा बढी गाडी ग्राहकलाई हस्तान्तरण गरेका छन्। यी गाडी नाइमा एक्स्पो र नाडा अटो शोमा बुकिङ भएका थिए। ग्राहकले डोङफेङ नामी, चांगन डिपल, जेको, आइकार, बीवाइडी, टाटा र लिपमोटरलगायत ब्रान्डका गाडी पाएका छन्।
गाडी बिक्रीका लागि दसैँलाई मुख्य सिजन मानिन्छ। बीवाइडीका आधिकारिक बिक्रेता साइमेक्स इंकले दसैँमा करिब ७०० गाडी हस्तान्तरण गरेको छ। नाडा अटो शोदेखि दसैँसम्म करिब १ हजार गाडी छुटाएको र नवमीसम्म डेलिभरी दिएको कम्पनीले जनाएको छ।
चीनबाट गाडी ल्याउने मुख्य नाका भदौ १० को बाढीले ध्वस्त बनाएको थियो। तातोपानी नाका भने भदौ १४ देखि चीनले अचानक बन्द गरेको थियो। असोज ८ देखि ११ सम्मको वर्षापछि आएको बाढी र पहिरोले कोरला नाका पनि दुई साता बन्द भएको थियो।
बाँकी ग्राहकले तिहारअघि गाडी पाउने छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


