१० कात्तिक २०८३ English
English

भक्तपुरका बाटोबाटोमा धान सुकाउने पुरानो चलन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भक्तपुरका बाटोबाटोमा धान सुकाउने पुरानो चलन

YouTube मा सब्स्क्राइब

धान भित्र्याउने याम सुरु भएसँगै भक्तपुरका बस्तीहरूमा सडकछेउ, घरअगाडि र खुला ठाउँमा धान फिँजाएर सुकाउने पुरानो दृश्य फेरि देखिएको छ। दसैँ-तिहारको यो समयमा किसानहरू धान सुकाउने, केलाउने र भण्डार गर्ने काममा व्यस्त छन्। धान सुकाउँदै गरेकी स्थानीय मनिषा मचामसीका अनुसार चाडपर्वका बेला बाटोमा धान सुकाउने दृश्य भक्तपुरका लागि नयाँ होइन।

पहिले धेरैजसो घरमा झिँगटीको छाना हुँदा कौसीमा धान फिँजाउन नमिल्ने भएकाले किसानहरूले सडक र घरअगाडिको ठाउँ प्रयोग गर्दै आएको उहाँले बताउनुभएको छ। घर र जीवनशैली आधुनिक बन्दै गए पनि यो चलन कायम छ, तर सडकमा फिँजाइएको धानले बटुवालाई भने हिँड्न असहज बनाएको छ।

स्रोत

सम्बन्धित समाचार