१० कात्तिक २०८३ English
English

ताप्लेजुङमा फुटबल विजेतालाई नगदको सट्टा अलैँची पुरस्कार

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
ताप्लेजुङमा फुटबल विजेतालाई नगदको सट्टा अलैँची पुरस्कार

YouTube मा सब्स्क्राइब

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा हुने फुटबल प्रतियोगिताका विजेता र उपविजेता टोलीले नगदको साटो अलैँची पुरस्कार पाउने भएका छन्। गाउँपालिकाले मङ्सिर २ देखि ६ गतेसम्म यो प्रतियोगिता गर्न लागेको छ। फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेलालाई सफल पार्न र अलैँचीको प्रवर्द्धन गर्न यस्तो व्यवस्था गरिएको हो।

फङ्फङ्देन झरना पर्यटन विकास समितिले आयोजना गर्ने मेलामा पुरुष फुटबलसँगै नृत्य र च्याब्रुङ प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम हुनेछन्। सोमबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी समितिका अध्यक्ष विजयप्रकाश साँवा लिम्बूले पुरुष फुटबल नै मेलाको मुख्य आकर्षण हुने बताउनुभएको छ। स्थानीय टोलीसहित पाँचथर, झापा र सुनसरीलगायत जिल्लाबाट आठ टोलीले प्रतियोगितामा भाग लिनेछन्।

विजेता टोलीले करिब ३ लाख २ हजार रुपैयाँ बराबरको अलैँची पाउनेछ।

स्रोत

सम्बन्धित समाचार