१० कात्तिक २०८३ English
English

डिजिटल भुक्तानीले बदलिँदै हुम्लीको दैनिकी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
डिजिटल भुक्तानीले बदलिँदै हुम्लीको दैनिकी

YouTube मा सब्स्क्राइब

हुम्लामा स्मार्टफोन र इन्टरनेटको पहुँच बढेसँगै स्थानीयको कारोबार गर्ने तरिका बदलिएको छ। यसपालि घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरस्थित व्यवसायी तिलकबहादुर शाहीको पसलमा क्यूआर कोडबाट भुक्तानी गर्ने ग्राहकको भिड लागेको थियो। केही वर्षअघिसम्म त्यहाँ नगदबिना कारोबारको कल्पना गर्न पनि गाह्रो थियो।

पैसा नहुँदा उधारो वा भरोसाकै भरमा सामान दिने चलन थियो र कहिलेकाहीँ सामान साटासाट पनि हुन्थ्यो। उधारो उठाउन चेक लिनुपर्दा हस्ताक्षर नमिल्ने र विवरण फरक पर्ने झन्झट आउने गरेको शाहीले बताउनुभएको छ। पहिले कागजमा लेखिने उधारोको हिसाब अहिले मोबाइलमै सुरक्षित राखिन्छ।

उहाँका अधिकांश ग्राहक अहिले क्यूआर कोडबाटै पैसा तिर्छन्। उधारो उठाउनुपरे पनि मेसेन्जर वा ह्वाट्सएपमा क्यूआर कोड पठाउने गरिएको छ। डिजिटल माध्यमले व्यापार सजिलो, सुरक्षित र पारदर्शी बनाएको शाहीको भनाइ छ।

स्रोत

सम्बन्धित समाचार