तरकारी आयातमा प्रतिबन्धको तयारी, कानुनी बाटो खोज्दै सरकार

सरकारले स्वदेशी उत्पादन बढाउन तरकारीको आयात रोक्ने तयारी गरेको छ। विदेशबाट आउने तरकारीका कारण नेपाली किसानले राम्रो मूल्य पाउन नसकेको सरकारको निष्कर्ष छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुनमन्त्री सोविता गौतम र कृषिमन्त्री गीता चौधरीबीच यस विषयमा प्रारम्भिक छलफल भइसकेको छ।
छलफलमा कानुनी अड्चनबारे पनि कुरा उठेको उच्च सरकारी स्रोतले जनाएको छ। दुई देशबीचको व्यापार सन्धिअनुसार सिधै प्रतिबन्ध लगाउन नमिल्ने भएकाले सरकार बीचको उपाय खोजिरहेको छ। यसअघि विषादीको मात्रा बढी भेटिएको भन्दै भारतीय केराका केही खेप रोकेर नष्ट गरिएको थियो, त्यसपछि केराको आयात रोकिएको थियो।
तरकारीका हकमा पनि यस्तै उपाय खोजिएको स्रोतको भनाइ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


