९ कात्तिक २०८३ English
English

क्यानडासँग चाँडै व्यापार सम्झौता हुने ट्रम्पको दाबी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
क्यानडासँग चाँडै व्यापार सम्झौता हुने ट्रम्पको दाबी

YouTube मा सब्स्क्राइब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार सम्झौता छिट्टै हुने दाबी गर्नुभएको छ। मिशिगन राज्यको पोर्ट ह्युरोनमा आइतबार भएको चुनावी सभामा उहाँले यस्तो बताउनुभएको हो। अमेरिकी मध्यावधि निर्वाचनमा नौ दिन बाँकी रहँदा उक्त सभा आयोजना गरिएको थियो।

ट्रम्पले समस्या चाँडै सुल्झाइने र अहिले क्यानाडा जे पनि दिन तयार रहेको बताउनुभएको छ। उहाँले क्यानाडाले वर्षौँदेखि अमेरिकाबाट अनुचित लाभ लिएको आरोप लगाउँदै करसम्बन्धी निर्णयको बचाउ गर्नुभएको छ। गत अगस्टमा दुई देशबीचको व्यापार वार्ता असफल भएपछि अमेरिकाले क्यानाडाका विभिन्न वस्तुमा थप कर लगाएको थियो।

एएफपीका अनुसार त्यस करले हक्कीका सामानदेखि सिमेन्टसम्म करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तु प्रभावित भएका छन्। जवाफमा क्यानाडाले पनि उत्तिकै मूल्यका अमेरिकी उत्पादनमा कर लगाएको थियो। त्यसपछि ट्रम्पले केही वस्तुमा ५० प्रतिशतसम्म कर बढाएर प्रत्युत्तर दिनुभएको थियो।

ह्वाइट हाउसले भने शुक्रबार केही वस्तुमाथिको कर हटाएको छ।

स्रोत

सम्बन्धित समाचार