९ कात्तिक २०८३ English
English

कुहिरोमाथि मानुङकोट, आन्तरिक पर्यटक बढ्न थाले

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कुहिरोमाथि मानुङकोट, आन्तरिक पर्यटक बढ्न थाले

YouTube मा सब्स्क्राइब

तनहुँको पर्यटकीय गन्तव्य मानुङकोटमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ। बिहानपख डाँडाबाट हेर्दा तलको दमौली बजार बाक्लो कुहिरोले ढाकिएको देखिन्छ र त्यसमाथि घाम उदाउँछ। कुहिरोमाथिको सूर्योदय, वरिपरिका पहाडी शृङ्खला र चिसो हावा यहाँको मुख्य आकर्षण बनेका छन्।

पोखराबाट आउनुभएकी गीता पराजुलीले एक रात त्यहीँ बसेर बिहानको सूर्योदय र कुहिरो हेर्दा अविस्मरणीय अनुभव भएको बताउनुभएको छ। पोखराकै राधिका पराजुलीले चारैतिर फैलिएको कुहिरोको दृश्य निकै सुन्दर लागेको बताउनुभएको छ। छोटो समय घुमेर फर्कनुको सट्टा रात बिताएर बिहानको दृश्य हेर्न पनि पर्यटक यहाँ आउन थालेका छन्।

पर्यटकीय गतिविधि बढेसँगै स्थानीय व्यवसायलाई पनि फाइदा पुगेको छ। जग्गा एकीकरण योजनाअन्तर्गत यहाँ पर्यटकीय ग्राम विकास गर्ने तयारी भइरहेको छ। प्राकृतिक दृश्यका साथै धार्मिक र सांस्कृतिक किंवदन्तीले पनि मानुङकोटलाई रोचक गन्तव्य बनाएका छन्।

स्रोत

सम्बन्धित समाचार