९ कात्तिक २०८३ English
English

खोटाङमा श्रीमतीसहित चार जनामाथि खुकुरी प्रहार, आरोपित पक्राउ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारमा खुकुरी प्रहार गरी चार जनालाई घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङले यो जानकारी दिएको छ।

च्यास्मिटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली घर आहालेमा खुकुरी प्रहार गरेका हुन्। आक्रमणमा उनकी श्रीमतीसहित सासू, साला र साली घाइते भएका छन्।

खुकुरी प्रहारबाट एउटै घरका चार जना गम्भीर घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार घटना कात्तिक ९ गते बिहान भएको हो। आरोपितलाई पक्राउ गरिएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ९ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 9 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार