९ कात्तिक २०८३ English
English

दसैंपछि मुक्तिनाथमा दर्शनार्थी बढे, तीन दिनमै १२ हजारभन्दा बढीले गरे दर्शन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैंपछि मुक्तिनाथमा दर्शनार्थी बढे, तीन दिनमै १२ हजारभन्दा बढीले गरे दर्शन
तस्बिर: रातोपाटी

हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिरमा दसैंपछि भक्तजनको संख्या बढेको छ। तीन दिनमै १२ हजारभन्दा बढी भक्तजनले मुक्तिनाथको दर्शन गरेका छन्।

दसैंअघि मुक्तिनाथ मन्दिर करिब सुनसानजस्तै थियो। दसैंपछि भने मन्दिरमा फेरि चहलपहल बढेको हो।

गत असोज ११ गतेको भारी वर्षाले ल्याएको बाढी, पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक भत्किएको थियो। त्यसपछि यो सडक दुई हप्तासम्म पूरै बन्द भएको थियो।

सडक फेरि सञ्चालनमा आएपछि र दसैं बिदाका कारण मुक्तिनाथ पुग्नेको संख्या बढेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ९ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 9 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार