भोजपुरमा पाक्न लागेको धानबालीमा 'लाइ किरा'को प्रकोप, किसान चिन्तित

धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा 'लाइ किरा'को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्।
किराको प्रकोपका कारण धानको फेदमा क्षति पुगेको छ। फेदमा क्षति पुग्दा धानका बोट ढल्ने लगायतका समस्या देखिएको किसानको भनाइ छ।
धान पाक्ने र भित्र्याउने बेलामा किराले बालीमा क्षति पुर्याउन थालेपछि किसानमा उत्पादन घट्ने चिन्ता बढेको छ। वर्षभरि मेहनत गरेर लगाएको बाली अन्तिम चरणमा पुगेका बेला किरा लाग्दा किसान समस्यामा परेका हुन्।
भोजपुरका विभिन्न स्थानमा धानबालीमा यो समस्या देखिएको हो। किसानले किराको प्रकोपबाट बाली जोगाउने उपाय खोजिरहेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


