थाइल्यान्डको रोयल प्रिन्सेस कप तेक्वान्दोमा वैभवी सापकोटालाई दुई रजत

तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न १४औँ रोयल प्रिन्सेस कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दुई रजत पदक जितेकी छिन्। प्रतियोगिता बैङ्ककस्थित माहिडोल विश्वविद्यालय परिसरको खेलकुद हलमा भएको थियो। उनले पुम्से र क्योरुगी दुवै विधामा दोस्रो स्थान हासिल गरेर एक-एक रजत जितेकी हुन्।
प्रतियोगितामा आयोजक थाइल्यान्डसहित फिलिपिन्स, म्यान्मा, भियतनाम, चीन, भारत, हङकङ, लाओस र कम्बोडियाका खेलाडी सहभागी थिए। टर्की, ब्राजिल, अमेरिका, रूस, इन्डोनेसिया, सिङ्गापुर र काजकिस्तानलगायतका देशका खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए। वैभवी असोजको दोस्रो हप्तादेखि बैङ्ककमै बसेर प्रशिक्षण लिइरहेकी छिन्।
बैङ्ककको अल स्टार तेक्वान्दो एकेडमीले उनलाई अनुबन्ध गरेको छ र उनले यही एकेडमीको तर्फबाट प्रतियोगितामा भाग लिएकी हुन्। तेक्वान्दो एसोसिएसन अफ थाइल्यान्डले हालै उनलाई सदस्यता पनि दिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


