८ कात्तिक २०८३ English
English

रुपन्देहीमा नेपाल–भारतका ४४ पहलमानबीच कुस्ती दंगल

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रुपन्देहीमा नेपाल–भारतका ४४ पहलमानबीच कुस्ती दंगल

YouTube मा सब्स्क्राइब

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० स्थित सगरहवा रोहिणी किनारमा नेपाल र भारतका पहलमान सहभागी अन्तर्राष्ट्रिय कुस्ती दंगल सम्पन्न भएको छ। संगम सहारा युवा क्लबले विजयादशमी महोत्सव २०८३ अन्तर्गत दुई दिनसम्म प्रतियोगिता आयोजना गरेको थियो। आयोजकका अनुसार दुवै देशका ४४ जना पहलमानले प्रतिस्पर्धा गरेका थिए।

भारतको मध्यप्रदेशबाट आएका रामकान्त मिश्र प्रथम भएका छन् र उनले ५१ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन्। रुपन्देहीका धर्मेन्द्र यादव दोस्रो भएका छन्। मूल घर गुल्मी भई रुपन्देहीमा बस्दै आएका विशाल थापा तेस्रो स्थानमा रहेका छन्।

दोस्रो र तेस्रो हुनेले क्रमशः ३१ हजार र २१ हजार रुपैयाँ पाएको क्लबका उपाध्यक्ष तथा मेला संयोजक चन्दन चौधरीले जानकारी दिनुभएको छ। भारततर्फ अयोध्या, गोरखपुर, बिहार र मध्यप्रदेशका पहलमान दंगलमा उत्रिएका थिए। नेपालतर्फ रुपन्देही, नवलपरासी र गुल्मीलगायत जिल्लाका पहलमानले भाग लिएका थिए।

कुस्तीको प्रवर्द्धन गर्ने र दुई देशका खेलाडीबीच सद्भाव बढाउने उद्देश्यले दंगल गरिएको थियो। प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिएको थियो।

स्रोत

सम्बन्धित समाचार