दाङका दुग्ध किसानले लागतअनुसार मूल्य पाएनन्

दाङका दुग्ध किसानले आफ्नो मेहनत र लगानीअनुसार दूधको मूल्य नपाएको गुनासो गरेका छन्। डेरी र व्यवसायीले किसानसँग सस्तोमा दूध किनेर उपभोक्तालाई महँगोमा बेच्दा दुवै पक्ष मारमा परेका छन्। घोराही उपमहानगरपालिका–२ रामपुरका गोपाल खनाल ग्रिन लक्ष्मी नामको गाई–भैँसी फार्म चलाउनुहुन्छ।
उहाँको फार्ममा दिनहुँ सय लिटरभन्दा बढी दूध निस्कन्छ। खनालका अनुसार त्यसमध्ये करिब ६५ लिटर डेरीमा बिक्री हुन्छ भने बाँकी दूध घरघरमा पुर्याइन्छ। किसानले दूध उत्पादनदेखि उपभोक्तासम्म पुग्दा लाग्ने खर्च र मुनाफाको खुला विवरण सार्वजनिक गर्न माग गरेका छन्।
मूल्य तोक्दा उत्पादन लागतको वैज्ञानिक हिसाब होस्, किसानको प्रतिनिधित्व होस् र बजारसम्मको ढुवानी खर्च पनि जोडियोस् भन्ने उनीहरूको माग छ। उत्पादन बढाउन किसानलाई उचित मूल्यको सुनिश्चितता चाहिने उनीहरूको भनाइ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


