८ कात्तिक २०८३ English
English

दुई सातापछि रियाद विमानस्थलमा उडान सुरु, हुथीको थप चेतावनी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दुई सातापछि रियाद विमानस्थलमा उडान सुरु, हुथीको थप चेतावनी

YouTube मा सब्स्क्राइब

यमनका हुथी विद्रोहीको आक्रमणपछि दुई साता बन्द रहेको साउदी अरबको रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि उडान फेरि सुरु भएको छ। उडान निगरानी गर्ने वेबसाइट फ्लाइटराडारका अनुसार आइतबार बिहान एउटा विमान रियादबाट जेद्दाहतर्फ उडेको छ। विमानस्थलले शनिबार सामाजिक सञ्जाल एक्समा सूचना जारी गर्दै अक्टोबर २५ देखि टर्मिनल १ आन्तरिक उडानका लागि प्रयोग हुने जनाएको छ।

तर हुथी समूहका सैन्य प्रवक्ता याह्या सारीले विमानस्थल अझै असुरक्षित र आफ्नो सैन्य निशानामा रहेको चेतावनी दिनुभएको छ। विमानस्थल खोल्दा आउने परिणामको जिम्मेवारी साउदी अरबले लिनुपर्ने उहाँको भनाइ छ। समाचार संस्था एएफपीका अनुसार आइतबार बिहान रियादमा तीनवटा विस्फोटको आवाज सुनिएको छ।

त्यसअघि बासिन्दालाई मोबाइल सन्देशमार्फत हवाई खतराबारे सचेत गराउँदै सुरक्षित ठाउँमा आश्रय लिन भनिएको थियो। साउदी नेतृत्वको सैन्य गठबन्धनले हुथीले प्रहार गरेको एउटा ब्यालिस्टिक क्षेप्यास्त्र आकाशमै नष्ट गरेको दाबी गरेको छ। विस्फोटको आवाज त्यही क्षेप्यास्त्रसँग जोडिएको हो वा होइन भन्ने अझै खुलेको छैन।

यस गर्मीमा लामो युद्धविराम भङ्ग भएपछि इरान समर्थित हुथी समूहले साउदी विमानस्थल र तेल केन्द्रलाई निशाना बनाउँदै आएको छ।

स्रोत

सम्बन्धित समाचार