८ कात्तिक २०८३ English
English

काठमाडौँ फिल्म फेस्टिबल सम्पदा दौड सम्पन्न

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
काठमाडौँ फिल्म फेस्टिबल सम्पदा दौड सम्पन्न

YouTube मा सब्स्क्राइब

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको १० किलोमिटरको काठमाडौँ फिल्म फेस्टिबल सम्पदा दौड आइतबार सम्पन्न भएको छ। दौडमा स्वदेशी तथा विदेशी धावकको उत्साहजनक सहभागिता रहेको छ। बिहान ५ बजेदेखि नै वसन्तपुर डबलीमा धावक, प्राविधिक र खेलप्रेमीको भीड जम्मा भएको थियो।

बिहान ६ बजे महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले हर्न बजाएर दौडको सुरुआत गर्नुभएको थियो। त्यसपछि सयौँ धावक डबलीबाट निस्केर काठमाडौँका पुराना चोक, सम्पदा मार्ग र काष्ठकलायुक्त मन्दिर हुँदै दौडिएका थिए। विश्व सम्पदा क्षेत्रको संरक्षण र प्रवर्द्धनसँगै नागरिकमा स्वस्थ जीवनशैली बढाउने उद्देश्यले दौड गरिएको हो।

अनलाइन दर्ता खुलेको २४ घण्टाभित्रै तोकिएको कोटा पूरा भएको थियो। दौडमा विभिन्न उमेर समूहका धावक सहभागी थिए। कार्यवाहक प्रमुख डंगोलले काठमाडौँका गल्ली र सम्पदासँग दौडेर मात्र होइन, अनुभूत गरेर आत्मीयता जोड्नुपर्ने बताउनुभएको छ।

महानगरले यो दौडलाई कात्तिक १३ देखि १५ गतेसम्म हुने काठमाडौँ फिल्म फेस्टिबलको प्रवर्द्धनसँग जोडेको छ। फेस्टिबलमा ४० वटा चलचित्र निःशुल्क देखाइनेछन्।

स्रोत

सम्बन्धित समाचार