८ कात्तिक २०८३ English
English

बुधबारसम्म मौसम सफा, बिहीबारदेखि वर्षा, २९ जिल्लामा बढी जोखिम

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बुधबारसम्म मौसम सफा, बिहीबारदेखि वर्षा, २९ जिल्लामा बढी जोखिम

YouTube मा सब्स्क्राइब

मौसम पूर्वानुमान महाशाखाका अनुसार कात्तिक ११ गते बुधबारसम्म देशको मौसम सामान्यतया सफा रहनेछ भने कात्तिक १२ गते बिहीबारदेखि वर्षा र हिमपात सुरु हुने सम्भावना छ। बिहीबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनीका केही र कर्णाली तथा सुदूरपश्चिमका थोरै ठाउँमा पनि वर्षा हुन सक्नेछ।

कोशी, बागमती र गण्डकीका हिमाली र पहाडी भेगका एक–दुई ठाउँमा भारी वर्षा तथा हिमपातको सम्भावना भएकाले बाढी, पहिरो र गेग्रान बहावबाट सतर्क रहन महाशाखाले आग्रह गरेको छ। मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार बंगालको खाडीको न्यूनचापीय प्रणाली सोमबारसम्म चक्रवातमा बदलिएर उत्तरी आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटतर्फ बढ्न सक्छ। उपाध्यायले कात्तिक १२ देखि १५ गतेसम्म कतै करिब १०० मिलिमिटर र कतै २०० मिलिमिटरसम्म पानी पर्न सक्ने बताउनुभएको छ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. बिनोद पोखरेलका अनुसार यो प्रणालीले तीनदेखि चार दिनसम्म वर्षा गराउन सक्छ। मौसमविद्हरूले कात्तिक ११ देखि १५ गतेसम्म बाली नकाट्न, हिमाली र पहाडी क्षेत्रमा पदयात्रा नगर्न र पृथ्वी तथा बीपी राजमार्गमा सावधानी अपनाउन आग्रह गरेका छन्।

बिहीबारदेखि शनिबारसम्म धान काट्ने योजना बनाएका किसानलाई मौसमको अवस्था हेरेर मात्र काम गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक अधिकारीले सुझाव दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार