आगामी पाँच दिन हिमाली र पहाडी भूभागमा आंशिक बदली, कुनै मौसमी चेतावनी छैन

आगामी पाँच दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तर आगामी पाँच दिनसम्म कुनै मौसमी चेतावनी नरहेको विभागले जनाएको छ।
पूर्वानुमानअनुसार तराईका केही स्थानमा बिहानीपख हुस्सु लाग्ने सम्भावना छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


