८ कात्तिक २०८३ English
English

खोटाङका युवाले दसैँमा ६४२ चेलीलाई निःशुल्क मोटरसाइकलमा माइत पुर्‍याए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
खोटाङका युवाले दसैँमा ६४२ चेलीलाई निःशुल्क मोटरसाइकलमा माइत पुर्‍याए

YouTube मा सब्स्क्राइब

खोटाङका युवाले यस वर्षको दसैँमा ६४२ जना छोरीचेलीलाई निःशुल्क मोटरसाइकलमा घर र माइत–मावल पुर्‍याएका छन्। कराते महासंघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईको नेतृत्वमा ३ वर्षदेखि चलिरहेको 'दसैँ, तिहार: चेलीलाई उपहार' अभियानमा ५० जना युवा स्वयंसेवकले आफ्नै खर्चमा मोटरसाइकल चलाएर सेवा दिएका हुन्। अभियानको सचिवालयका प्रमुख निराजन ढकालका अनुसार कात्तिक ३ देखि ६ गतेसम्म ४ दिन सेवा दिइएको थियो।

पहिलो दिन ५०, दोस्रो दिन ११०, तेस्रो दिन २५२ र चौथो दिन २३० जनाले सेवा लिएका थिए। सेवाबाट जिल्लाका सबै १० स्थानीय तहका चेली लाभान्वित भएका छन्। सदरमुकाम दिक्तेलको रत्नपार्कमा सचिवालय राखेर ३५ किलोमिटरसम्म पुग्ने लक्ष्य भए पनि आवश्यकता हेरेर भोजपुर सीमाको चखेवाभन्ज्याङसम्म ४२ किलोमिटर पुगेर सेवा दिइएको छ।

अभियानले चाडपर्वमा सवारीसाधन नपाउने र आर्थिक अभाव झेलिरहेका महिला तथा बालबालिकालाई लक्षित गरेको छ।

स्रोत

सम्बन्धित समाचार