८ कात्तिक २०८३ English
English

दाङ र गुल्मीमा सराय नाच र काठे पिङको रौनक

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दाङ र गुल्मीमा सराय नाच र काठे पिङको रौनक

YouTube मा सब्स्क्राइब

पहाडी जिल्लामा दसैँमा नाचिँदै आएको सराय नाच यस वर्षदेखि दाङमा पनि सुरु गरिएको छ भने गुल्मीका सरायँ मेलामा काठे पिङको आकर्षण बढेको छ। घोराही उपमहानगरपालिका–१८ स्थित अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिले सराय नाच मेलाको सुरुआत गरेको छ। पञ्चेबाजाको तालमा तरबार, खुडा र खुकुरी नचाउँदै सामूहिक रूपमा नाचिने यो कला सङ्कटमा पर्न थालेपछि दाङमा यसको सुरुआत गरिएको हो।

गुल्मीको मदानेबाट घोराही बसाइँ सर्नुभएका आशिष पन्थीले हरेक वर्ष निरन्तरता पाए यो नाच जोगिने बताउनुभएको छ। गुल्मीका इस्मा, मालिका, धुर्कोट, मदाने, मुसिकोट र छत्रकोटलगायत स्थानीय तहमा सरायँ नाच हुने ठाउँ र मेलामा काठे पिङ राखिन्छ। कतिपय ठाउँमा एउटै टोलीले पिङका सामग्री बोकेर एकपछि अर्को मेलामा पिङ सञ्चालन गर्ने गरेको छ।

वर्षमा कम्तीमा एकपटक जमिन छाड्नुपर्छ भन्ने परम्परागत मान्यताका कारण दसैँमा पिङ खेल्ने चलन छ। बालबालिकादेखि पाका पुस्तासम्म पिङ खेलेर रमाउने गरेका छन्।

स्रोत

सम्बन्धित समाचार