८ कात्तिक २०८३ English
English

टीकाको चौथो दिन पनि आशीर्वाद थाप्ने क्रम जारी, पाटनमा यल कुमारीबाट टीका

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
टीकाको चौथो दिन पनि आशीर्वाद थाप्ने क्रम जारी, पाटनमा यल कुमारीबाट टीका

YouTube मा सब्स्क्राइब

बडादसैँको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने क्रम जारी छ। विजयादशमीका दिन कात्तिक ४ गते सुरु भएको यो क्रम परम्पराअनुसार कोजाग्रत पूर्णिमासम्म चल्छ, तर पश्चिम नेपालका केही जिल्लामा भने दशमीका दिन मात्र टीका लगाइन्छ। यस वर्ष कोजाग्रत पूर्णिमा भोलि आइतबार कात्तिक ८ गते परेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका भनाइमा पूर्णिमाको दिन अखिल बलिपूर्ति हुनुअघिसम्म नवदुर्गाको प्रसाद लगाउँदा शास्त्रीय दृष्टिले कुनै बाधा पर्दैन। आज त्रयोदशीका दिन ललितपुरको पाटन दरबारको मूल चोकमा जीवित देवी यल कुमारीले सर्वसाधारणलाई टीका र जमरा दिनुभएको छ।

यो टीकासँगै पाटनको नेवार समुदायमा दसैँको टीका औपचारिक रूपमा विसर्जन भएको छ। तलेजु भवानीको प्रतीक मानिने कुमारीबाट विजयादशमीमा पहिले कुमारी घरका मूल पुजारी, गुभाजु र स्थानीय नाइकेले टीका थाप्छन्, त्यसपछि मात्र भक्तजनका लागि अवसर खुला हुन्छ। मल्लकालदेखि चलिआएको यो परम्परालाई पाटनको प्रमुख सांस्कृतिक पहिचान मानिन्छ।

यता, दसैँ मनाएर गाउँघरबाट फर्किएकाहरू आफन्तकहाँ टीका थाप्न निस्किँदा केही दिन सुनसान रहेको राजधानीका सडक र बजारमा चहलपहल बढेको छ। तर सवारीसाधन कम चल्दा सार्वजनिक यातायातमा यात्रुले कोचाकोच गरेर यात्रा गर्नुपरेको छ।

स्रोत

सम्बन्धित समाचार