राइजिङ स्टार्स एसिया कप: नेपाल भारत 'ए' र पाकिस्तान 'ए' सँग एउटै समूहमा

कतारमा हुने राइजिङ स्टार्स एसिया कप क्रिकेटमा नेपाल भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग समूह ‘बी’ मा परेको छ। प्रतियोगिता नोभेम्बर १९ देखि २९ तारिखसम्म दोहामा हुने छ। नेपालले पहिलो खेल नोभेम्बर २० मा भारत ‘ए’ सँग दोहाको युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे खेल्ने छ।
त्यसपछि नेपालले नोभेम्बर २२ मा यूएई र २४ मा पाकिस्तान ‘ए’ को सामना गर्ने छ। समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले ‘ए’ टोली पठाउँदा नेपाल, यूएई र हङकङले भने राष्ट्रिय सिनियर टोली उतार्न पाउने छन्।
तर प्रतियोगिताको तालिका नेपाल प्रिमियर लिगसँग जुधेकाले नेपालले कुन टोली पठाउने भन्ने केही दिनमा टुंगो लाग्ने छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


