यु–१९ एसिया कपका लागि नेपालको २८ सदस्यीय प्रारम्भिक टोली घोषणा

आगामी यु–१९ एसिया कपलाई लक्षित गर्दै नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार २८ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको हो।
प्रतियोगिताको तयारीस्वरूप नेपाली युवा टोलीको बन्द प्रशिक्षण सोमबारदेखि पोखरामा सञ्चालन हुनेछ। प्रारम्भिक टोलीमा छानिएका खेलाडी प्रशिक्षणमा सहभागी हुनेछन्।
प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन र क्षमताका आधारमा अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ। बन्द प्रशिक्षणपछि नै प्रतियोगितामा सहभागी हुने नेपालको अन्तिम टोली टुङ्गो लाग्नेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


