दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, सुर्खेतको रंगशाला तयार

पटक-पटक मिति सरेर अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म हुँदैछ। प्रतियोगिताका लागि सुर्खेतको रंगशाला तयार भएको छ।
प्रतियोगिताको तयारी संघीय सरकार र राष्ट्रिय खेलकुद परिषद्ले गरेका छन्। प्रतियोगिता हुने सुर्खेतको रंगशालामा १० हजार दर्शक अट्छन्।
प्रतियोगिताको मिति धेरैपटक सरेको थियो। अब भने मिति नसर्ने सदस्यसचिव मेहताले बताएका छन्। दसैं र तिहारको मिति नसरेजस्तै दशौँ राष्ट्रिय खेलकुदको मिति पनि नसर्ने उनको भनाइ छ।
दसैं सकिनेबित्तिकै नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ। त्यसपछि मंसिरमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


